शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

जनकपुरमा गोली चल्यो, ११ जना घाइते


  • बिहिबार, माघ २२ २०७७
15.5K
SHARES

फाईल- तस्बिर

नेकपा दाहाल नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा धनुषाको शिवचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले गोली समेत चलाएको छ ।

शिवचोकमा बन्दकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा प्रहरीले हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले प्रहरीकै गाडीमा समेत तोडफोड गरेपछि हवाइ फायर गरिएको प्रहरीको दावी छ ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाइफायर, अश्रुग्यास र गोली समेत चलाउनु परेको प्रहरीको भनाइ छ । लाठीचार्जका क्रममा नेकपाको दाहाल–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना र केही प्रहरी समेत घाइते भएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा