शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

सेनाले लगायो फेसबुकमा प्रतिबन्ध !


  • बिहिबार, माघ २२ २०७७
11.6K
SHARES

फाईल तस्बिर

म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् ।

म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ ।

म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले देश लाई अस्थिर बनाउन फेसबुकमार्फत हल्ला फैलाइरहेकाले फेब्रुअरी ७ सम्म फेसबुक बन्द गरेको जनाएको छ ।

नेतृ आङ साङ सू चीको रिहाइको माग गर्दै प्रदर्शन हुने आशंकाले सेनाले इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । म्यानमारमा ५३ करोड मानिस फेसबुकको प्रयोग गर्छन् ।

म्यानमारको अदालतले आयात निर्यात कानूनको उल्लंघन गरेको आरोपमा सू ची र राष्ट्रपतिलाई १४ दिनको लागि हिरासतमा पठाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा