शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

कोही पनि टसलमा नआए हुन्छ, हाम्रो मार्चपास पुर्बनिर्धारित हो आजै हुन्छ -बस्नेत


  • बिहिबार, माघ २२ २०७७
9.1K
SHARES

फाईल तस्विर

महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गर्न लागेको छ। काठमाडौं र भक्तपुरका १० स्थानबाट तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गर्न लागेका हुन्।

प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताए।

उनका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुग्ने छ।

काठमाडौंका ८ र भक्तपुरका २ ठाउँबाट मोटरसाइकलमा स्यमंसेवक आउने बस्नेतले बताए।

हाम्रो यो पूर्वनिर्धारित कार्यक्रम हो, आज प्रचण्ड-माधव समूहको आमहड्ताल छ, हामीलाई यो आमहड्तालसँग कुनै सरोकार छैन, बस्नेतले भने,कोही पनि टसलमा नआए हुन्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा