अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघाट भएको छ ।
अर्थमन्त्रीको निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजानीतिक क्रमको बारेमा कुराकानी हुनुको साथै भारतले नेपालमा सञ्चालन गर्ने विभिन्न परियोजनाका लागि छुट्याएको वजेटको बारेमा छलफल भएको बताइएको छ ।
भारतले जारी गरेको बजेटमा नेपालका लागि १५ अर्ब ८७ करोड रुपैयाँ छुट्टयाइएको छ । त्यो बजेट कसरी कुन–कुन शीर्षकमा खर्च गर्ने त्यस विषयमा दुई जनाबीचमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।