नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहले आमहडताल गरेकै दिन टक्कर दिन ओली समूहले राजधानीकै मध्यभागमा स्वयंसेवी भेलाको अर्को शक्ति प्रदर्शन आव्हान गरेको छ ।
उनीहरुलाई सामग्री हस्तान्तरण र प्राविधिक ज्ञानका लागि भनेर अनिवार्य उपस्थित हुन भनिए पनि त्यो शक्ति प्रदर्शनकै अभ्यास रहेको आम बुझाई छ । ओली समूहले भोलि नारायणहिटी राजदरबार अगाडि प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी ओलीले अर्को पक्षलाई देखाउन यो प्रदर्शन ऐतिहासिक हुने पटक पटक दावी गर्दै आएका छन् । मध्यसडकमा गरिने आमसभाका कारण भोलि पनि सम्पूर्ण गतिविधि ठप्प हुने निश्चित छ ।
दुई दिनअघि घोषित कार्यक्रमलाई भव्य बनाउन हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । आयोजककाअनुसार धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेबाट सयौंको संख्यामा स्वयंसेवी आउँदैछन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वयंसेवीहरुलाई विशेष निर्देशन दिने कार्यक्रम छ । झडप हुन नदिन विभिन्न स्थानबाट आउने स्वयंसेवी चढेको बस प्रहरी स्कर्टिङ ल्याउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।