काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकायमा भएको नियुक्ति तत्काल खारेज गर्न माग गर्नुभएको छ । संविधान र कानुन विपरित भएका नियुक्तिहरु तत्काल खारेज गर्न कोइरालाले सरकारसँग माग गर्नुभएको हो ।
संवैधानिक निकायमा भएको पदाधिकारीको नियुक्ति काँग्रेसलाई कदापि स्विकार्य नहुने उहाँले बताउनु भयो । आज ट्विट गर्दै कोइरालाले सरकारले असंवैधानिक र बदनियतपूर्ण तरिकाले संवैधानिक निकायमा नियुक्ति गरेको आरोप लगाउनु भयो ।
संसदीय सुनुवाई समेत नगरी सरकारले हिजो संवैधानिक अंगका अध्यक्ष तथा सदस्यहरुलाई नियुक्ति दिएको थियो । त्यसको सर्वत्र आलोचना भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।