शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विश्वमा प्रत्येक मिनेट १७ व्यक्तिको ज्यान लिँदै छ क्यान्सरले


  • बिहिबार, माघ २२ २०७७
17.4K
SHARES

फईल तस्बिर

विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । विश्व क्यान्सर दिवस यस वर्ष पनि ‘म हुँ र म हुनेछु’ भन्ने सन्देशका साथ मनाइँदैछ ।

सारा वैज्ञानिक उपलब्धिको बाबजूद पनि यस रोगका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन । यस रोगको उपचारका लागि जती गम्भीरता जरुरी पर्दछ, त्योभन्दा बढी यसप्रतिको चेतना हुनु आवश्यक देखिएको छ ।

युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (यूआईसीसी) ८८ वर्षदेखि विश्वका ७० देशमा क्यान्सरबाट बच्नका लागि अभियान चलाइरहेको छ । यूआईसीसीका अनुसार गत वर्ष सन् २०२० मा विश्वभर १९३ करोड क्यान्सरका विरामी देखिएका छन् भने एक करोड व्यक्तिको यसैका कारण मृत्यु भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा