शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

जनताको अपेक्षा अनुसार काम गर्न केही कमजोरी भएको छः मुख्यमन्त्री शाही


  • बुधबार, माघ २१ २०७७
9.7K
SHARES

फाईल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले जनतालाई हिनताबोध हुने खालको काम नगरेको बताएका छन् । कर्णाली प्रदेश सभाको दोस्रो बार्षिकोत्सवको अवसरमा बुधबार गरिएको शुभकामना आदान प्रदान कार्यक्रममका बोल्दै शाहीले यस्तो बताएका हुन्  ।

उनले भने, ‘कठिन परिस्थीतिका बीचमा पनि हामीले केही आशाका साथ कर्णालीको विकास र परिवर्तनमा पाइला चालेका छौँ ।  जनता निराशह र हिनताबोध हुनुपर्ने अवस्था छैन ।’
शाहीले जनताको आवश्यकता र चाहनाअनुसार काम गरेको पनि दावी गरे  ।  प्रदेश सरकार स्थापना भएदेखि हालसम्म विभिन्न बाधा–व्यवधानका बीचमा पनि जनताको आशा अपेक्षालाई साकार पार्न तर्फ आफूहरु दृढ भएको उनको भनाइ छ ।

शाहीले भने, ‘जनताको अपेक्षा अनुसार काम गर्न केही कमजोरी भएको छ,  हामी स्वीकार गर्छौँ नै  । यसको मतलब यो हैन कि हामीले कुनै काम गर्न सकेका छैनौँ । शुरुमा जिल्ला समन्वयन समितिको सभाहलबाट प्रदेशको गतिविधि शुरु गरेका हामीले आफ्नै संरचना निर्माण गर्नेदेखि ठुल्ठुला कामहरु गरेर मुख्य उपलब्धी हासिल भएका छन्  । शाहीले प्रतिपक्षको रचनात्मक आलोचना आवाश्यक रहेको पनि बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा