शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोनाबारे अध्ययन गर्न डब्ल्यूएचओको टिम वुहानमा


  • बुधबार, माघ २१ २०७७
8.9K
SHARES

फाईल तस्बिर

कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तयार पारेको टिम चीनको वुहान शहर पुगेको छ । उनीहरुलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो ।

चीनको वुहान सहरलाई कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल मानिएको छ । यस स्थानको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह बुधबार त्यहाँ पुगेको हो ।

चीनको वुहानमा पुगेको समूहले बुधबार त्यहाँ रहेको कोरोना भाइरस सम्बन्धी प्रयोगशालाको निरीक्षण पनि गरेको छ । लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो । वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने निर्णय सो संगठनले हालैमात्र गरेको थियो ।

गएको महिना जनवरी २०२१ देखि अध्ययन शुरु हुने घोषणा गरिएको थियो । चीनले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई वुहान जाने अनुमति नदिएपछि हालैमात्र उनीहरु त्यहाँ पुगेका छन् । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण यतिखेरसम्म विश्वभर नै फैलिएको छ । अझ पछिल्ला दिनहरुमा त यसको नयाँ प्रजातिको पनि संक्रमण शुरु भएको बताइएको छ ।

कोरोना भाइरसको महामारी अझै पनि घट्ने अवस्था देखिएको छैन । विश्वमा दश करोडभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् । त्यसैगरी यसबाट करिब २२ लाख मानिसको ज्यान गएको छ । विश्वमा खोपको विकास भएको छ र कैयौँ देशमा खोप दिने क्रम पनि शुरु भएको छ । तर पनि यति बेला सम्म पनि कोरोना भाइरसको समस्या घटेको देखिएको छैन ।

विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह चीनको वुहानमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा पुगेर कोरोना भाइरसको उत्पत्ति र यसको विस्तार हुनुका कारणहरुको बारेमा खोजीरहेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा