शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

बहिर्गमित जनमुक्ति सेनाका लागि केही गर्न सकिन: प्रचण्ड


  • बुधबार, माघ २१ २०७७
13.8K
SHARES

फाईल तस्बिर

बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफूहरुले रचेको इतिहास ठूलै भएको महसुस गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘पार्टी फुटेर गयो । केही साथीहर फुटेर जानुभयो । तर तपाईँहरुको लागि मैले केही गर्न नसक्दा पनि बसिरहनु भएको छ । गालि गर्दै भए पनि प्रचण्ड नै हो हाम्रो नेता भन्ने सोच्नुभएको छ ।

हामीले बनाएको इतिहास सानो रहेनछ । हामीले कमाएको विचार, राजनीति र परिवर्तनको सम्पत्ति कम रहेनछ ।’

अध्यक्ष दाहालले आफूले बहिर्गमित जनमुक्ति सेनाका लागि केही गर्न नसक्दा पनि उनीहरुले आफैँलाई विश्वास गरेको भन्दै मूल धारको पार्टी आफ्नै भएको बताउनुभयो ।

अध्यक्ष दाहालले आफूहरुको संघर्ष जारी रहेको बताउँदै आफ्नो विजय हुने र विजय भएसँगै जनमुक्ति सेनाको आवश्यकताहरु पूरा हुने आश्वासन दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा