संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति जोरजबर्जस्ती र निर्लज्जताको पराकाष्ठ भन्दै प्रचण्ड नेपाल समुहले बक्तब्य जारी गर्दै आन्दोलनको घोसणा गरेको छ । दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।
प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेको भन्दै दाहाल-नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आज पार्टी कार्यालय पेरिसडाँडाँमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिको आमहड्तालअघि आज साँझ मसाल जुलुस हुने जानकारी पनि दिए ।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्तिलाई सभामुखलाई समेत आमन्त्रण नगरी बलमिच्याँई ढंगले सपथग्रहण गराउनु अवैधानिक भएको दाहाल-नेपाल समूहको ठहर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।