दुई-चार बर्ष मथ्थर देखिएको मुलुक, फेरी हड्ताल तर्फ उन्मुख भएर जनताले सास्ति पाउने भएका छन । भोली बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आमहडताल गर्ने भएको छ ।
सरकारले गरेको संसद विघटन र संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेको भन्दै दाहाल–नेपाल समूहले देशभर आमहडताल गर्ने भएको हो ।
दाहाल–नेपाल समूहले बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गरेर यसबारेमा थप जानकारी दिने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर प्रतिगामि कदम चालेको भन्दै विभिन्न विरोधका कार्यक्रम गरिरहेको दाहाल–नेपाल समूहको नेकपाले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै थप संघर्षका कार्यक्रम घोषणा गर्ने भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।