शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कपडा बाहिरबाट संवेदनशील अंगलाई छोए यौनहिंसा नमानिने अदालतको फैसला


  • बुधबार, माघ २१ २०७७
13.9K
SHARES

फाईल तस्बिर

भारतको बम्बई उच्च अदालतले कपडा बाहिरबाट संवेदनशील अंगलाई छोए यौनहिंसा नमानिने निर्णय गरेको छ । कपडा बाहिरबाट गरिएको एक यौनहिंसाको फैसला गर्दै यसलाई हिंसा नमान्ने अदालतले निर्णय गरेको हो ।

सन् २०१६ को डिसेम्बरमा एक ३९ वर्षका पुरुषले एक १२ वर्षीया बालिकालाई कपडा नखोलि यौन हिंसा गरेका थिए । बालिकाका परिवारले ती पुरुषविरुद्ध उजुरी दिए । यस मुद्दामा अदालतका न्यायाधीश पुष्पा गनेदिवालाले कपडा नखोलिएकाले यस घटनालाई यौनहिंसा नमानिने फैसला गरेकी हुन्।

उनलाई यौन दुर्व्यवहारको आरोपमा मुम्बईको तल्लो अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो। तर उनले उच्च अदालतमा यस मुद्दामा आफू दोषी भएको विषय उठान गरेका थिए। गत जनवरी १९ मा न्यायाधीश गनेदिवालाले उक्त कार्य यौन हिंसामा नपर्ने बताएकी थिइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा