शनिबार, साउन ९ २०८३
ताजा अपडेट

छोरी भगाउन गएका प्रेमीले,आमालाई पनि भगाए


  • बुधबार, माघ २१ २०७७
10.6K
SHARES

फाईल तस्बिर

भारतमा प्रेमीका भगाउन गएका प्रेमीले प्रेमीकाको आमालाई समेत भगाएका छन् । झारखण्डको राँचीस्थित गोटिया गाउँकी प्रेमीका भगाउन गएका युवकले आमाछोरीलाई नै भगाएका हुन् ।

प्रेमीकालाई भगाउन लाग्दा उनकी आमाले देखेर विरोध गरेपछि ती युवकले आमालाई पनि कारमा राखेर लगेको अमरउजालामा समाचार छ । युवककी प्रेमीका नाबालिग भएको भन्दै आमाले भगाउन दिएकी थिइनन् । युवकले कुनै पनि हालतमा प्रेमीकालाई नछोड्ने भएपछि उनीहरुबीच धेरै बेर झगडा नै भयो । पछि युवकले प्रेमीकाकी आमालाई पनि कारमै राखेर कार दौडाएका हुन् ।

युवकले प्रेमीकाकी आमालाई बालसरिङ रिङ रोड पुगेपछि कारबाट निकालेर आफूहरु मात्र भागेको समाचारमा उल्लेख छ । समाचार अनुसार घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा