शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

पर्यो फसाद, जन्ती पुग्दा बेहुलीको घरमा ताला, सबैको फोन अफ


  • बुधबार, माघ २१ २०७७
9.8K
SHARES

फाईल-तस्बिर

भारतको पञ्जाब राज्यको मोगा जिल्लामा एउटा अनौठो घटना भएको छ । करिब एक महिनाअघि हरजिंदर सिंहको बिहे मोगा जिल्लाको रेडवा गाउँकी युवतीसँग भयो । बिहेको अघिल्लो दिन बेहुलीको परिवारको तर्फबाट सगुन आयो ।

जब विवाहको दिन बेहुला पक्ष जन्ती लिएर बेहुलीको घर पुगे त्यहाँ ढोकामा ताला लगाइएको थियो । विवाहको दिन बेहुलीको घरमा रमझम, रमाइलो, नाचगान हुनुपर्नेमा ढोकामा ताल्चा देखेर बेहुला पक्ष छक्क परे । घरमा कोही पनि थिएन । पुरै परिवार बेपत्ता थिए ।

तत्काल उनीहरुले बेहुलीलगायत उनका आमाबुबा सबैलाई फोन गरे तर कसैको पनि फोन लागेन । सबैको फोन स्वीच अफ गरिएको थियो ।

बेहुला पक्षबाट जन्ती निस्कने बेलामा बेहुलीको पहिले नै कानूनी रुपमा विवाह भइसकेको र उ नाबालिग भएका कारण उनका पतिलाई सजाय पनि दिएको खबर पाएका थिए । तर उनीहरुले त्यो कुरालाई बेवास्ता गर्दै बेहुली लिन उनको घर पुगेका थिए ।

फोन गर्दा पनि कसैको फोन नलागेपछि उनीहरुले प्रहरीमा उजुरी दिएको स्थानीय भारतीय सञ्चार माध्यमले जनाएका छन् । बेहुला पक्षले आफूहरुलाई धोका भएको भन्दै बेहुली पक्षलाई कारबाहीको माग राखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा