शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

तपाईको यो साता, माघ १८ देखि २४ गतेसम्मको राशिफल


  • बुधबार, माघ २१ २०७७
12.2K
SHARES

फाईल तस्विर

मेष: स्वास्थ्यमा राम्रो सुधार हुनेछ । घरबाट टाढा बस्नुपर्ने एवम् आफन्तबाट छुट्टिनुपर्नेछ । यात्राको सुख मिल्ने एवम् नयाँ ठाउँमा भ्रमण हुनेछ । खर्च बढ्नाले आँटेको काममा ढिलासुस्ती हुनेछ ।

वृष: नयाँ ठाउको भ्रमणमा खर्च बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । कला, संगीत एवम् आध्यात्मिक रुचि बढ्नेछ। सन्तानले सहयोग गर्ने एवम व्यापार व्यवसायमा आम्दानी राम्रो हुनेछ ।

मिथुन: मायामा तनाव आउनेछ । घरका कुरा नमिल्नाले आफ्नो योजना विफल हुनेछ । जग्गा जमिन एवम् साँध सिमानामा कलह हुनेछ । विद्यामा भने प्रगति हुनेछ ।

कर्कट: नयाँ काममा जागर बढ्नेछ । छोटो यात्रा गर्नुपर्नेछ । दाजुभाइबाट सहयोग मिल्ने तथा बन्धुबान्धवबाट आश्वासन मिल्नेछ । जिम्मेवारी थपिने तथा नयाँ काममा आँट मिल्नेछ । साताको मध्यमा भने महिला वर्गसँग दुश्मनी एवम् परिवारमा मित्रता टुट्नेछ ।

सिंह:  बोलीको प्रभावमा मित्रको सहयोग मिल्नेछ । भोजनको सुख मिल्ने तथा नयाँ सरसामानको सुख मिल्नेछ । सवारी सुख बढ्ने, धनपैसाको जोहो हुने एवम् दाजुभाइबाट साथ सहयोग रहनेछ ।
कन्या:  मीठो खाने, घुमफिरमा रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ ठाउँको भ्रमण एवम् प्रेममा प्रगति हुनेछ । सम्पत्तिको कारोबार बढ्ने एवम् आर्थिक सहयोगीहरु अगाडि आउनेछन् । विद्याध्ययनमा प्रगति एवम् राजनीतिमा पहुँच बढ्नेछ । नयाँ जग्गाजमिनको खरिबबिक्री तथा कृषिबाट राम्रो आम्दानी हुनेछ ।

तुला:  सवारी साधनले दुस्ख दिन सक्नेछ । साथिभाइ सँगको यात्रामा खर्च हुनेछ । अनावश्यक लागत बढ्नाले खर्चको तनाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा साथीभाइसँग सामान्य मनमुटाव रहनेछ । साताको मध्यमा भने मनोरञ्जनमा दिन बित्ने एवम् साथीभाइसँग भेटघाट हुनेछ ।

वृश्चिक:  नयाँ लगानी एवम् व्यवसायमा आम्दानी राम्रो हुनेछ । कृषि खाद्यान्नबाट आम्दामी बढ्नेछ । आर्थिक सहयोग मिल्नाले आँटको काम पुरा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचारको लागि खर्च हुनेछ ।
धनु: काममा प्रशंसा मिल्नेछ । कला संगीतमा रुचि बढ्ने एवम् सामाजिक काममा व्यस्तता बढ्नेछ । राजनीतिक क्षेत्रमा बलियो पकड रहनेछ । पद, प्रतिष्ठामा वृद्धि एवम् प्रसंशनीय काममा जस मिल्नेछ । आम्दानीको रफ्तार बढ्नाले धन सम्पत्तिको चिन्ता घट्नेछ । ।

मकर:  धर्म कर्ममा रुचि बढ्नेछ । टाढाका आफन्तबाट धनको सहयोग मिल्नेछ । वैदेशिक कामबाट फाइदा मिल्नेछ । ठूलावडाको साथ मिल्नाले काममा प्रगति देखिन्छ । धार्मिक एवम् सामाजिक क्षेत्रमा योगदान हुने एवम् परोपकारमा मन जानेछ । राजनीतिक क्षेत्रबाट सहयोग मिल्ने एवम् ठूलाबडाको साथ पाउनाले फाइदा आफूलाई हुनेछ । आम्दानीको स्तर बढ्ने एवम् धनसम्पत्तिको प्राप्ती देखिन्छ ।

कुम्भ: मान सम्मानमा हानी हुनेछ । जिम्मेवारीमा आलोचना हुनेछ । स्वास्थ्यमा समस्या बल्झिनेछ । पूरानो कामको समस्या आइपर्ने तथा मित्रहरुबाट धोका हुन सक्नेछ । धर्ममा रुचि बढ्ने एवम् विदेशबाट फाइदा मिल्नेछ । सन्तानको प्रगति एवम् भाग्यले साथ दिनेछ । सरकारी क्षेत्रमा फाइदा, पदप्रतिष्ठामा वृद्धि एवम् रोजगारीको राम्रो अवसर मिल्नेछ ।

मीन:  आफन्तसँग भेटघाट बढ्नेछ । नयाँ मित्रतामा खुसियाली मिल्नेछ । व्यावसायिक यात्रा हुनेछ । पारिवारिक भेटघाट एवम् नयाँ मित्रसँग नयाँ कामको थालनी हुनेछ ।

ज्योतिस मान्यता अनुसार जस्तोसुकै भए पनि कर्ममा बिस्वास गर्नु आबस्यक छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा