शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ट्रम्प प्रशासनले लागू गरेको आप्रवासी कार्यसूची मेटाउने बाइडेनको घोषणा


  • बुधबार, माघ २१ २०७७
12.2K
SHARES

फाईल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले ३ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन ।

यसअघि ट्रम्प प्रशासनले लागू गरेको आप्रवासी कार्यसूची मेटाउने उद्देश्यका साथ राष्ट्रपति बाइडेनले ती कार्यकारी आदेशहरूमा मंगलवार हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले
हस्ताक्षर गरेका ३ कार्यकारी आदेशमा आप्रवासी बालबालिकाहरूलाई आफ्नो परिवारसँग पुनर्मिलन गर्नु, शरणार्थी प्रणालीको पुनर्निर्माण र विदेशी कामदार र विद्यार्थीलाई मुलुकमा प्रवेश गर्ने अवसर पुनर्स्थापना गर्ने रहेका छन् ।

बाइडेनले ह्वाइट हाउसमा पत्रकारलाई आफूले कुनै नयाँ कानून नबनाएको बरु खराब नीति हटाएको बताए ।

बाइडेनले आफ्नो पछिल्लो आदेशले दक्षिणी सिमानामा पलायनका “मूल कारण” लाई सम्बोधन गर्न र “अघिल्लो प्रशासनको हानिकारक र प्रतिक्रियात्मक आप्रवासन नीतिहरूको पूर्ण समीक्षा” पनि थाल्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा