शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

माघमै २ कम्पनीको आईपीओ निष्कासन हुँदै


  • मंगलबार, माघ २० २०७७
14.6K
SHARES

फाईल तस्बिर

माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । एउटा जलविद्युत् कम्पनी र अर्को एक लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ महिनामा नै निष्कासन हुने भएको हो ।

आगामी शुक्रबारदेखि नै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ ।
ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा