शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अमेरिकामा २ करोड ९५ लाख डोज कोरोनाको खोप लगाइयो


  • मंगलबार, माघ २० २०७७
15.6K
SHARES

फाईल तस्बिर

अमेरिकामा २ करोड ९५ लाख बढी कोभिड–१९ को खोपको डोज लगाएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । सीडीसीका अनुसार समाचार तयार पार्दासम्म २,९५,७७,९०२ डोज खोप लगाइसकिएको छ । यो वितरित ४,९९,३२,८५० डोजको ५९ प्रतिशत हो ।

२.४ करोड जनाले कम्तिमा खोपको एक डोज लगाइसकेका छन् भने ५२.५ लाखले खोपको पूर्ण डोज प्राप्त गरेका छन् । राज्यहरुले ७२ घण्टाभित्र खोपको विवरण रिपोर्ट गर्ने भएकाले सीडीसीको तथ्यांक केही पुरानो पनि हुनसक्ने बताइएको छ ।

शनिबार अमेरिकामा १ लाख ३६ हजार २५२ नयाँ संक्रमित फेला परेका थिए भने २ हजार ६४० जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यलायले जनाएको छ ।

अमेरिकामा कोरोनाभाइरसमा २ करोड ६० लाख ६९ हजार ४६ संक्रमित भइसकेका छन् भने ४ लाख ३९ हजार ४३९ जनाले ज्यान गुमाइसकेका छन् ।

यद्यपि, त्यहाँ दुई महिनामा पहिलो कोभिड–१९ कारण अस्पतालमा भर्तीको संख्या १ लाखभन्दा कम पुगको छ । कोभिड ट्रयाकिङ प्रोजेक्टकाअनुसार शनिबार अमेरिकामा ९७ हजार ५६१ जना संक्रमित अस्पतालमा भर्ना थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा