शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

विस्फोटको मुख्य योजनाकारको आरोप लागेका लाई जेलमै गएर किन भेटे मन्त्री थापाले ?


  • मंगलबार, माघ २० २०७७
11.3K
SHARES

फाईल तस्बिर

खानेपानी मन्त्री मणि थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई कारागारमै गएर भेटेका छन् ।

आज विहान १० बजेतिर नख्खु कारागारमा गएर मन्त्री थापाले ओलीलाई भेटेका हुन् । विप्लव नेकपासँग सरकारले वार्ताको तयारी गरेको चर्चा चलिरहँदा मन्त्री थापाले ओलीलाई कारागारमै पुगेर भेटेका हुन् ।

मन्त्री थापाले वार्ताको वातावरण बनाउन ओलीलाई कारागारमै पुगेर भेटेको उनको सचिवालयले पुष्टि गरेको छ ।

सरकारले २०७५ फागुन २९ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि मन्त्रीस्तरबाट पहिलोपटक सो समूहका नेतालाई भेटेको हो ।

विप्लवको मध्य केन्द्रीय कमाण्ड इन्चार्जसमेत रहेका ओलीलाई नख्खुमा बम विस्फोटको मुख्य योजनाकारको आरोपमा २०७५ चैत्र ८ मा काभ्रेबाट पक्राउ गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा