सबैभन्दा धेरै जाम हुने ठाउँ भनेर चिनिने तीनकुने जडिबुटी सडकखण्डमा अब यात्रुले राहात महसुस गर्न पाउने संभाबना बढेको छ ।
तीनकुने कोटेश्वर सडकखण्डमा सुरुङ बन्यो भने यात्रुहरु जाममा पर्ने संभाबना हटेर जानेछ । सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा रहेको छ ।
एक वर्षअघि सुरु भएको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको सडक विभागसँगको सहकार्यमा एक वर्षअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले आफ्नै खर्चमा सम्भाव्यता अध्ययन सुरु गरेको थियो ।
अहिले कोरोना महामारीका कारण अध्ययन टोलीका प्रतिनिधिहरू जापानमै रहेकाले भर्चुअल प्रविधिमार्फत् विभागसँग नियमित सम्पर्क भइरहेको छ । टोलीले सम्भाव्यतासम्बन्धी अन्तिम चरणका कामहरु जापानबाटै गरिहेको छ । अध्ययन सकिएपछि विभागसँगको सहकार्यमा जाईका आफैँले सुरुङ निर्माण गर्नेछ । झण्डै ८ सय मिटर लामो सुरुङ मार्ग चार लेनको हुनेछ ।
।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।