शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महान्यायाधिवक्ता खरेलले विघटनको बचाउमा बहस गर्ने


  • मंगलबार, माघ २० २०७७
8.9K
SHARES

फाईल तस्बिर

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज पनि जारी रहनेछ । आज पनि सरकारकोतर्फबाट महान्यायाधिवक्ता अग्नी खरेलले बहसलाई निरन्तरता दिनुहुनेछ ।

विघटन विरुद्धको बहसमा हिजो खरेलले नैं सरकारी पक्षबाट बहस सुरु गर्नुभएको थियो । हिजोको बहस हेर्दा हेर्दैमा सकिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट बहस गर्नुभएका महान्यायाधिवक्ता खरेलले आफु प्रधानमन्त्रीको प्रतिरक्षा गर्न इजलासमा अभिएको भन्दै आफ्नो संवैधानिक दायित्वबाट पन्छिन नमिल्ने तर्क गर्नुभयो ।

उहाँले विघटन संविधानसम्मत भएको जिकिर पनि गर्नुभयो । महान्यायाधिवक्ता खरेलले तत्कालिन संविधान सभाको संख्या ठूलो भएको र संविधान निर्माणमा संलग्नहरूको फरक फरक मनसाय भएकाले अदालतले उनीहरुको मनसाय बुझ्न खोजे सही निष्कर्षमा नसकिने उल्लेख गर्नुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा