शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

यो नियमित अभ्यास हो, जाम नहोस् भनेर रातको समयमा बख्तरबन्द गाडी निकालेका हौँ : सेना


  • मंगलबार, माघ २० २०७७
11K
SHARES

फाईल तस्बिर

नेपाली सेनाले बख्तरबन्द गाडीसहित सोमबार राति सडकमा अभ्यास गरेको छ ।  काठमाण्डौ उपत्यकाको चक्रपथसहित विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको हो । बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले यो नियमित अभ्यास नै भएको बताएको छ । सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यासकाे योजनाअनुसार नै अभ्यास गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले ट्राफिक जाम नहोस् भनेर रातको समयमा बख्तरबन्द गाडीसहित अभ्यास गरेका हौँ । भ्रम नपरोस् भन्ने हिसाबले हामीले यसअघि नै यसबारे जानकारी गराएका थियौँ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा