शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दोस्रोपटक बाबु बने कपिल शर्मा


  • सोमबार, माघ १९ २०७७
13.4K
SHARES

फाईल तस्बिर

बलिउड कमेडियन कपिल शर्मा र उनका फ्यानका लागि खुशीको खबर छ । यी कमेडियन पुनः दोस्रोपटक बाबु बनेका छन् ।

कपिलकी पत्नी गिन्नी चतरथले छोरालाई जन्म दिएकी हुन् । यो कुराको जानकारी कपिलले सामाजिक सन्जालका माध्यमबाट फ्यानलाई दिएका हुन् ।

सामाजिक सन्जालमा कपिलको  ट्वीट भाइरल भइरहेको छ ।

गत वर्ष कपिलले आफ्नो सहकर्मी तथा साथी भारती सिंहको करवा चौथको समयमा एक इन्स्टाग्राम लाइभ गरेका थिए । जसमा गिन्नीलाई गर्भवती भएको देखाइएको थियो । गिन्नी केही व्यक्तिमाझ करवाचौथ मनाइरहेकी थिइन् । तर उनको गर्भवतीका विषयमा कपिलले आधिकारिक रुपमा केही बताएका थिएनन् ।

सन् २०१९ मा गिन्नीले छोरीलाई जन्म दिएकी थिइन् । उनीहरुको छोरीको नाम अनायरा शर्मा हो । कपिल र गिन्नीले सन् २०१८ डिसेम्बर १२ मा विवाह गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा