शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

म्यानमारमा भएको सैनिक ‘कू’ प्रति नेपाली कांग्रेसले मुख खोल्यो


  • सोमबार, माघ १९ २०७७
10.1K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रूपमा ऐक्यबद्ध भइ निन्दा गर्नुपर्ने बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रूपमा निन्दा गनुपर्ने बताउनुभएको हो ।

प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने बेला आएको उहाँको भनाइ छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा आङ सान सु कीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहमुत प्राप्त गरेको भए पनि चुनावमा धाँधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले सत्ता हत्याएको हो ।

कांग्रेस प्रवक्ता शर्माले निर्वाचनमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरूपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्वारा हल गर्न सकिने विषय भएको बताउनुभयो । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्नु र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्नु स्वीकार्य हुन नसक्ने प्रतिक्रिया दिनुभयो ।
प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताउनुभयो । कांग्रेसले सबैखाले प्रतिगमनको विरोध गर्ने उहाँको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा