काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९, न्यु कोलोनी सुकेधारामा रहेको ब्रेनल्याण्ड एकेडेमीले विद्यार्थीहरुको लागि ‘प्रोजेक्ट गमला’ कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
वातावरणिय ज्ञान प्रदान गर्ने उद्देश्य सहित सोमबार स्कूलको हलमा एक कार्यक्रमको आयोजना गर्दै ‘प्रोजेक्ट गमला’ कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम दिउसो २ बजेदेखि बेलुका ४ सम्म चलेको थियो ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल पारसमणि दाहालले स–साना नानी–बाबुहरुलाई काउली कहाँ उत्पादन हुन्छ भनेर कसैले सोध्यो भने बेच्न राखिएको गाडामा पाइन्छ भन्ने बुझाई रहेको अनुभव बताउँदै विद्यार्थीहरुलाई वातावरण सम्बन्धि व्यबहारिक ज्ञान दिने उद्देश्य अनुसार ‘प्रोजेक्ट गमला’ कार्यक्रमको आयोजना गरिएको बताए । यसबाट विद्यार्थीले वातावरण सम्वन्धि अधिक मात्रामा सिक्ने अवसर पाउने विश्वास व्यक्त गर्दै विद्यालय स्तरमा यि र यस्ता व्यबहारिक ज्ञानवद्र्धक कार्यक्रमको आवश्यकता रहेको प्रिन्सिपल दाहाल भन्नुहुन्छ ।
कार्यक्रममा महानगरिय प्रहरी प्रभागका निरिक्षक दामोदर भट्ट, स्थानिय जनप्रतिनिधि लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले स्कूलका संस्थापक प्रिन्सिपल पारसमणि दाहालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।