२ माघ, काठमाडौं ।
पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ ।
विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।