आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता नहुने


  • बिहिबार, माघ १ २०७७
14K
SHARES

प्रदिप ज्ञवाली

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नहुने भएको छ ।

उनको सबैभन्दा माथिल्लो तहमा भारतका विदेशमन्त्री एस एन जयशंकरसँग भेटवार्ता हुने भएको छ ।

विश्वस्त स्रोतका अनुसार ज्ञवालीको मोदीसँग भेटवार्ताको समय तय भएको छैन । भ्रमणको तालिकामा पनि मोदीसँगको भेटवार्ता उल्लेख छैन ।

परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवाली बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा तीनदिने भारत भ्रमण जाने क्रममा ।
ज्ञवालीले समकक्षी एस एन जयशंकरसँग नै द्वीपक्षीय सम्बन्धका बारेमा छलफल गर्नेछन् । परराष्ट्र मन्त्रालयले तय गरेको छलफलको एजेन्डा अनुसार नै कुराकानी हुनेछ ।

परराष्ट्रमन्त्री ज्ञवाली आउनु अगावै दुई देशका अधिकारीहरु बसेर हिजो छलफलको एजेन्डाबारे कुराकानी गरेका थिए । नेपालका तर्फबाट सहसचिव यज्ञबहादुर हमाल बैठकमा सहभागी थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा