शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना अपडेट : थप ४०३ संक्रमित, ४०५ संक्रमणमुक्त, ६ जनाको मृत्यु


  • बिहिबार, माघ १ २०७७
16.9K
SHARES

तस्विरः फाइल

पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २६ छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९४३ जना रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा