आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

देवघाटमा स्नान गर्नेहरुको घुइँचो


  • बिहिबार, माघ १ २०७७
17.3K
SHARES

तस्विरः फाइल

कोरोना संक्रमण कायमै रहे पनि बिहीबार देवघाट धाममा स्नान गर्ने भक्तजनहरुको घुइँचो लागेको थियो ।

माघे संक्रान्तिमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट धाममा मेला नलाग्ने तर स्नान गर्न पाइने यसअघि देवघाट क्षेत्र विकास समितिले निर्णय गरेको थियो ।

सोही अनुरुप चितवन, नवलपुर, तनहुँ, गोरखा, मकवानपुर लगायतका जिल्लाबाट भक्तजन आएका थिए ।

चितवनबाट तनहुँ जाने झोलुङ्गे पुलमा भक्तजनको चाप बढेपछि आवतजावत सहज बनाउन नारायणीमा संचालित र्याफटिङले डुंगामार्फत धेरै भक्तजनलाई वारपार गराइरहेका थिए ।

कोभिड– १९ का कारण गत वर्षभन्दा भने यस वर्ष भक्तजनको सख्ंयामा कमी आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा