शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

युनाइटेड शीर्ष स्थानमा


  • बिहिबार, माघ १ २०७७
13.4K
SHARES

तस्विरः एजेन्सी

म्यानचेस्टर युनाइटेड जारी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पछि पारेको हो ।

अवे मैदानमा भएको खेलमा ७१ औं मिनेटमा पउल पोग्बाले गोल गरेर म्यान्चेस्टरलाई जित दिलाएका हुन् । जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ ।

दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ । गएराति नै भएका अन्य खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा