शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोरोनाको अनुसन्धान गर्न डब्लुएचओको टोली वुहान पुग्यो


  • बिहिबार, माघ १ २०७७
24.6K
SHARES

तस्विरः फाइलन

काठमाडौं, माघ १ ।
चीनको वुहान शहरमा कोरोना महामारीको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोली पुगेको छ ।

बेइजिङ र डब्ल्यूएचओबीच महिनौ लामो वार्तापछि दश जना वैज्ञानिको टोली पहिलो पटक कोराना महामारीको उद्गम थलो वुहान पुगेको हो ।

उनीहरुले त्यहांका अनुसन्धान संस्थाका व्यक्ति, अस्पताल र भाइरस पहिलो पटक देखिएको सीफुड बजारसंग सम्बन्धितहरुसंग प्रश्नोत्तर गर्नेछ । यसअघि उनीहरुले १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।

वुहानमा अहिले जनजीवन सामान्य बनिसकेको छ । सन् २०२० को डिसेम्बर अन्तिममा वुहानमा कोरोना भाइरस पत्ता लागेको थियो ।

कोरोना महामारीका कारण पुरै विश्व आक्रान्त बनेको छ ।

लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा