शनिबार, साउन ९ २०८३
ताजा अपडेट

साविक विजेता बार्यन म्युनिख बाहिरियो


  • बिहिबार, माघ १ २०७७
14.6K
SHARES

तस्विरः एजेन्सी

१ माघ, काठमाडौं ।
डीएफबी पोकल (जर्मन कप) को साविक विजेता बार्यन म्युनिख दोश्रो चरणबाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा होल्स्टिन किएलसँग पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित हुँदै बार्यन बाहिरिएको हो ।
निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउट पुगेको थियो ।
पेनाल्टी सुटआउटमा बार्यनका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरे । तर, मार्क रोकाले गोल गर्न चुके ।
किएलका लागि पेनाल्टी प्रहार गरेका सबै ६ खेलाडीले गोल गरे ।
बार्यनले खेलको १४औं मिनेटमा सर्ज नाब्रीको गोलबाट अग्रता बनाएको थियो । खेलको ३७औं मिनेटमा किएलका फिन बार्टेल्सले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ४८ औं मिनेटमा लरी सानेले गोल गर्दै बार्यनलाई २–१ को अग्रता दिलाए ।
तर, खेलको ९० औं मिनेटमा किएलका हउके वालले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा