टोटनहमका पूर्वप्रशिक्षक माउरिसिओ पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षक बनेको दुई साता नबित्दै पहिलो उपाधि जितेका छन् ।
ट्रफी डेस च्याम्पियन्समा मार्सेलाई २–१ ले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो ।
यही जनवरी पहिलो साता फ्रेन्च क्लबको प्रशिक्षक बनेको थियो ।
पीएसजीका लागि माउरो इकार्डी र नेमारले गोल गरे । मार्सेका डिमित्री पायटले एक गोल फर्काए ।
फ्रेन्च लिग विजेता र कप विजेता बीच ट्रफी डेज च्याम्पियनन्समा प्रतिस्पर्धा हुँदै आएको छ । पीएसजीले सर्वाधिक १०औं पटक यो उपाधि जितेको हो ।
पेरिसमा भएको खेलको ३९औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८५औं मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे मार्सेका पायटले ८९औं मिनेटमा गोल फर्काए । –एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।