आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

बम विष्फोट मुद्दामा संलग्न रही फरार अभियुक्त पक्राउ


  • बुधबार, पुष २२ २०७७
8.4K
SHARES

उदयपुर – बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका २ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका १४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न पवन राईलाई समेत यस अघि पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा