काठमाडौं । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थामाथि नै खेलवाड गरेको संविधानविद् भिमार्जुन आचार्यले आरोप लगाउनुभएको छ ।
पार्टीको आन्तरिक विवादमा रुमलिएका प्रधानमन्त्री ओलीले जुनसुकै बाहानामा अध्यादेश ल्याएपनि त्यो मुलुकको प्रचलित विधि र विधानको उल्लंघन भएको आचार्यको बुझाई छ ।
अध्यादेश आफैमा कानूनको कमजोर रुप भएको बताउँदै आचार्यले संविधानको परिकल्पना भन्दा बाहिर गएर अध्यादेश ल्याउनै नमिल्ने तर्क गर्नुभयो ।
संवैधानिक परिषदको बैठकमा नगएर सभामुख सापकोटाले भुल गरेको बताउँदै आचार्यले हतारमा अध्यादेश जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कमजोरी गरेको औल्याउनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।