शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नेकपा स्थायी कमिटी बैठक बस्दै, विवाद साम्य होला त ?


  • बुधबार, पुष १ २०७७
13.1K
SHARES

काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्दैछ। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आफ्ना केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको थियो।

आज बस्न लागेको स्थायी कमिटी बैठकलाई निकै चासोका साथ हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पार्टीभित्र र सरकारमा कुनै परामर्शविनै संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि तरंगित भएको छ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका अन्य नेताहरु अध्यादेशप्रति रुष्ट बनेका छन्। अधिकांश नेताहरूले तत्काल अध्यादेश फिर्ता लिन आग्रह गरिरहेका छन्।

यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि ओलीको उक्त कदमको विरोध गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएकोप्रति असन्तुष्टि जनाए। देउवाले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको टिप्पणी गरे।

पार्टीभित्रको विवाद समाधान गर्नुको सट्टा अध्यादेश ल्याएपछि ओलीसहित राष्ट्रपतिको समेत आलोचना हुन थालेको छ।

यसअघि पनि कोरोना महामारीमा केन्द्रित हुने बेला परामर्शबिनै राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका ओलीले त्यसको चर्को विरोध भएपछि फिर्ता गरेका थिए।

बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने कार्यक्रम छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा