शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

काठमाडौंबाट आरुघाटका लागि छुटेको बस दुर्घटना


  • बुधबार, पुष १ २०७७
12.3K
SHARES

गोरखा–आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाटका लागी छुटेको ग १ ख ९४४६ नम्बरको रात्री बस बुधबार बिहान साढे चार बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको ढकालले बताए । अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा