काठमाडौं । विगुटार विकास फाउन्डेसन नेपालले विद्यार्थीका लागि शैक्षिक र स्वास्थ्य सामग्री सहयोग गरेको छ । राजधानी काठमाडौंको शंकरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित कालिका शरण पूर्वप्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
राजधानीबाट नजिक रहेर पनि विकट दुर्गम ठाउँजस्तै अवस्थामा रहेको शंकरापुर नगरपालिकामा सो फाउन्डेसन नेपालद्वारा समान रूपमा विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेको हो । शंकरापुर नगरपालिका–३ मा वडा कार्यालयको पहलमा हालै मात्र कालिका शरण पूर्वप्राथामिक (अंग्रेजी माध्यमबाट मण्टेश्वरी मोडेलमा) विद्यालय स्थापना गरिएको हो ।
कालिका शरण सामुदायिक विद्यालयमा ४८ जना बालबालिका अध्ययनरत छन् । अध्यनरत सबै विद्यार्थीलाई फाउन्डेसनले कापी, कलम, पेन्सिल, मास्क, सेनिटाइजर लगायतका विभिन्न शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेको संस्थाका सचिव नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा वडाध्यक्ष शान्तबहादुर वाइवा, विद्यालय व्यवस्थापान समितिका पदाधिकारीहरू, शिक्षक, कर्मचारी संस्थाका पदाधिकारीको उपस्थिति थयो । संस्थाका सचिव दाहालले शैक्षिक सामान उपलब्ध गराउनुभएको थियो ।
विगतमा पनि उक्त संस्थाले ओखलढुंगा, सोलुखुम्बु, स्याङ्जा र काठमाडौंलगायतका जिल्लामा पनि असहाय, अपांग, गरिब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक साम्रगी वितरण गर्दै आएको बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।