बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्रतिभावान् विद्यार्थीहरुको रोजाईमा विनायक सिद्ध कलेज, ब्राण्ड एम्बेसडरमा रिजाल नियुक्त


  • बिहिबार, कार्तिक २७ २०७७
24.4K
SHARES

काठमाडौँ ।
काठमाडौंको शैक्षिक हबको रुपमा परिचित चावहिल क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण सम्धको विकास गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ विनायक सिद्ध कलेज (भिएस कलेज) । छोटो अवधिमा नै प्रतिभावान् विद्यार्थीहरुको रोजाइमा पर्न सफल भएको छ । दुई वर्षको अवधि भित्र कलेजले विद्याथीहरु माझ नयाँ शैक्षिक आयामलाई जोड्दै आफ्ना सम्पूर्ण शैक्षिक गतिविधीहरु सञ्चालन गर्दै आइरहेको छ ।
माध्यमिक शिक्षाअन्तर्गत प्रोग्रेसिभ सेकेण्डरी स्कूल. र त्रिभुवन विश्वविद्यालय अन्तर्गत विनायक सिद्ध कलेज (भिएस कलेज) को नामले सञ्चालन रहेको भिएसमा एक हजार सात सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको छन् । कलेजर्ले प्लस टु’ तहमा व्यवस्थापन, मानविकी, कानुन, शिक्षा र स्नातक तहमा व्यवस्थापन बिबिएस र मानविकी (BA, BASW) लगायतका त्रि.वि.का कोर्षहरु सञ्चालन गरिरहेको छ ।
निकट भविष्यमा बिबिए, बिएचएम, बिसिए, बिबिएम, बिएड, एमबिए र एमिबए लगायत विविधि कोर्षहरु सञ्चालन गर्ने योजना रहेको कलेजले बताएको छ ।


यस्तै विनायक सिद्ध कलेजले यसै साता नेपाली राष्ट्रिय टोलीका स्टाइकर तथा फुटबलर अविषेक रिजाललाई स्पोर्ट ब्राण्ड एम्बेसडरमा नियुक्त गरेका छ । एम्बेसडर रिजाल भिएस कलेजमा अध्ययनरत गर्दै आएका छन् । यससँगै फुटबल खेलाडीहरु नेपाल पुलिस क्लबका कप्तान तथा मिडफिल्डर हेम तामाङ, एन. आर. टि. का कप्तान विक्रम धिमाल, मछिन्द्र क्लबका रेजिन सुब्बा, पुलिस क्लबका रोशन खड्का, मानबहादुर तामाङसँगै युवराज राई समेत भिएसमा अध्ययन गर्दै आएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को असर संसारभरका सबै शैक्षिक संस्थाहरुमा परिरहेको यस अवस्थामा पनि आफ्ना विद्यार्थीहरुलाई अनवरत रुपमा भिएसले विभिन्न वैकल्पिक माध्ययमबाट कक्षाहरु सञ्चालन गर्दै सिकाइलाई प्रभावकारी रुपमा अघि बढाइ रहेको छ । विद्यार्थीको घुइचो बढेको कारण नयाँ भवन निर्माण गर्न कलेज प्रशासन लागिपरेको छ।

राष्ट्रिय खेलाडी आशिस लामा, सुरज ज्यु ठकुरी, आदिल हमिद, सुमित आले लगायतका फूटबल खेलाडी एवं १३ औँ एशियन खेलका गोल्ड मेडलिष्ट पुनम श्रेष्ठको रोजाइ विनायक सिद्ध कलेज बनेको छ । साथै नेपालका सबैभन्दा कम उमेरका एन्फा रेफ्री हरिश कार्की, सपन बस्नेतसंगै रोबिन बुढाथोकी तथा कन्चन तिमिल्सिनाको रोजाई पनि विनायक सिद्ध कलेज बनेको छ । गुणस्तरीय शिक्षालाई अर्जुन दृष्टि बनाएको कलेजले दक्ष जनशक्ति उत्पादन गरी देशको समग्र विकासमा योगदान गर्ने गरी विभिन्न शैक्षिक कार्यक्रमहरु कलेजले संचालन गरिरहेको छ ।

कलेजले सम्पूर्ण पठन–पाठन प्रविधिमय, व्यवहारिक तथा प्रयोगात्मक बनाइ अध्ययन–अध्यापन गराउँदै आइरहेको छ । शिक्षामा भिएसले नविन आयमलाई विद्यार्थीहरुलाई रुचि पूवर्क लिइ उनीहरुले समग्र शैक्षिक उपलब्धि हाशिल गर्न लागि परेका छन् ।

विनायक सिद्धको व्यवस्थापन, शिक्षण सिकाइ क्रियाकलापका साथ साथै विद्यार्थीहरुको चैतर्फी विकासका लागि कलेजले निभाउनु भुमिकाप्रति कलेज प्रतिबद्ध रहेको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताए । एसईईमा उत्कृष्ट जिपिए ल्याउन सफल बिद्यार्थीहरुको पनि रोजाइ विनायक सिद्ध कोलेजÞ बनेको छ । पढाइ, लेखाइ र खेलकुदमा मात्र नभई, नृत्य तथा गायनविधामा समेत अब्बल विद्यार्थीहरुको रोजाइ बनेको यस कलेजमा रिओ छमछमी सिजन–४ का विजेता नेसन सुस्लिन मगर, एसईई डान्स च्याम्पियनसिप सिजन–२ का विजेता प्रदिप गोले तामाङ, फस्र्ट रनरअप सरस्वती धिमाल, सेकेन्ड रनरअप रमा विश्वकर्मा लगायत टप १० जना फाइनलिष्टको रोजाई पनि विनायक सिद्ध नै रह्यो । त्यसै गरी नृत्य कलाकारको रुपमा परिचित डान्सरहरु निशा तामाङ तथा आशिष तामाङको पनि गन्तब्य विनायक सिद्ध कलेज रहेको छ । मोडलिङमा पनि विनायक सिद्ध कलेज रोज्नेको कमी छैनन । कलाकारर मोडल तथा सेलेब्रिटिहरु मुना गौचन, मोडल सुस्मिता थापा, एक्स फ्याक्टर मोडलमा दोस्रो हुन सफल सालु फम्बोहाङ्मा, मिस्टर एण्ड मिस मोडल–२०१९ का प्रभास स्याङ्तान, मिस हिमालयनकी विजेता रिजा महर्जन साथै फेस अफ प्लस–२०१९ को सेकेन्ड रनरअप शायरा कार्कीको पनि छनोट विनायक सिद्ध नै रह्यो । यसका अलवा सानै उमेरमा गिती एल्बम् निकाल्न सफल गायिका प्रेगिसा पौडेल तथा ¥यापर कपिलजंग क्षेत्रीको पनि रोजाई विनायक सिद्ध कलेज नै रह्यो ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गराउन कलेजले कुनै पनि सम्झौता नगर्ने र आफ्ना विद्यार्थीहरुको रुचि क्षमता तथा लगनशिलतालाई अझ प्रोत्साहन गर्न कलेजले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइ रहेको छ । भिएस पोइट्री विकेन्ड–२०२० सञ्चालन गरि ३० जना विद्यार्थीहरुबाट आएका २१० कविताहरु मध्ये उत्कृष्ट १० अङ्गे्रजी तथा उत्कृष्ट १० नेपालीकविता छनोट गरि पुरस्कृत गरिएको थियो ।

विद्यार्थीहरुको अतिरिक्त गतिविधि अन्तर्गत यहि कार्तिक २८ गते शुक्रबार विभिन्न ६ विधामा विद्यार्थीहरुलाई प्रशिक्षण दिईने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा गायन, गितार, भिडियो सम्पादन, ग्राफिक डिजाइन, अंग्रेजी भाषा एवं आरजे, भिजे तालिम दिईने कलेज प्रशासनले जनाएको छ ।

तस्विरः भिएस कलेज


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा