शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कोरोना जितेर फर्केका रोनाल्डोले गरे दुई गोल


  • सोमबार, कार्तिक १७ २०७७
10.6K
SHARES

कोरोनाभाइरसको संक्रमणपछि दुई हप्ता मैदानबाहिर रहेका क्रिस्टियानो रोनाल्डोले मैदान फर्किएपछिको आफ्नो पहिलो खेलमा दुई गोल गरेपछि स्पेजियमाथि युभेन्टसले ४–१ को सहज जीत हासिल गर्न सफल भएको छ । कोरोनाका कारण ४ खेल गुमाएका रोनाल्डो दोस्रो हाफमा सब्सटिट्युटका रुपमा मैदान प्रवेश गरेको तीन मिनेटभित्र नै गोल गरेका थिए ।

खेल १–१ को बराबरीमा रहेको बेला रोनाल्डोले गोल गर्दै युभेलाई अग्रता दिलाए । ७६ औँ मिनेटमा उनले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यमा एड्रियन राबियोटले युभेको लागि चौथो गोल गरे ।

यसअघि अल्भारो मोराटाले खेलको १४ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाए पनि टोमासो पोबेगाले बराबरी गोल फर्काएका थिए । जीतसँगै १२ अंक बटुल्दै साबिक विजेता टोली लिगको तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस ४ अंकले पछि रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा