शनिबार, साउन ९ २०८३
ताजा अपडेट

११ नाल भरुवा बन्दुकसहित १० जना पक्राउ


  • बुधबार, असोज २८ २०७७
15.9K
SHARES

बाग्लुङको तमानखोला गाउँपालिका २ बुङखानीबाट ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तमानखोला गाउँपालिका २ बुङखानी बस्ने ६४ वर्षीय भिम बहादुर कामी, ४१ वर्षीय सुरेश रसाईली, २९ वर्षीय मोती प्रसाद रसाईली, ४६ वर्षीय धन बहादुर छन्त्याल, २१ वर्षीय नकुल रसाईली, २८ वर्षीय तुला सिंह छन्त्याल, ३१ वर्षीय भुपाल छन्त्याल, ६६ वर्षीय गुनवीर छन्त्याल, ४५ वर्षीय जाल बहादुर छन्त्याल र ६० वर्षीय भान बहादुर रसाईली रहेका छन् ।

उनीहरुले घरमा अवैध रुपमा हातहतियार लुकाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीले तलासी गर्दा लुकाई राखिएका उक्त हतियारसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा