फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ ।
कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार यूकेस्थित डेली मेलको अनलाइन भर्सनले जनाएको छ ।
उक्त अनलाइनले भनेको छ, क्रिश्चियानो रोनाल्डोले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा पोजिटिभ आएको छ ।
स्पेन र फ्रान्सविरुद्ध राष्ट्रिय टोली पोर्चुगलबाट खेलेको भोलिपल्ट गरिएको परीक्षणमा रोनाल्डोलाई संक्रमण देखिएको हो ।
कोरोना पोजिटिभ देखिएलगत्तै उनले टिमबाट बाहिरिएको र बुधबार स्वीडेनसँगको खेल पनि छुटाउनु पर्ने भएको जनाइएको छ ।
३५ वर्षीय स्टार खेलाडी रोनाल्डोले खेलका क्रममा टिमका साथिहरुसँग फोटो खिचाएकाले अरुलाई पनि संक्रमण भयो कि भन्ने त्रास बढेको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।