सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय


  • मंगलबार, असोज २७ २०७७
11.9K
SHARES

सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

आकस्मिकबाहेकका अपरेसन नगर्न निर्देशन दिँदै सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अपरेसन नगर्दा संक्रमित बिरामीलाई आईसीयू बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आईसीयू, भेन्टिलेटर र अक्सिजनलगायतका सामग्री उपत्यकाकेन्द्रित गरी व्यवस्थापन गर्नपनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।

यस्तै, प्रवक्ता डा. गौतमले कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार-व्यवसायको ‘मोडालिटी’ परिवर्तन गर्नपनि आग्रह गर्नुभयो ।

यसैगरी, अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर ‘आइसोलेसन’ केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ ।

मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि, त्यहाँ संक्रमितबाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा