डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका २ र डोटीका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३४ नमुना परीक्षण भएको अस्पतालले जनाएको छ । जस मध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको र बाकि २२४ नमुना नेगेटिभ आएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए ।
आईतवार अस्पतालले सार्वजनिक गरेको सुचना अनुसार बैतडी जिल्लाको सिगास गाउँपालिका—९ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी डोटी जिल्लाको जोरायल गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले सार्वजनिक गरेको सुचनामा उल्लेख गरीएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।