शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

डिभी खुल्यो, घरबाटै कसरी भर्ने?


  • बिहिबार, असोज २२ २०७७
15.5K
SHARES

सन् २०२१ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर १० मा बन्द हुनेछ।

डिभीका लागि आवेदन दिँदा शूल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ।

त्यस्तै, आवेदन भर्दा कन्सल्टेन्टको सहयोग लिनु पर्दैन। आवेदनसम्बन्धी सहयोग चाहीएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन दूतावासको अनुरोध छ।

डिभीको आवेदन DV lottery.state.gov मा गएर फारम भर्नुपर्छ। आवेदनमा आफ्ना पती/पत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।

फारम भर्दा फोटो हालसालै खिचिएको हुनुपर्ने छ। अघिल्लो वर्षको आवेदनमा प्रयोग गरिएको फोटो यस वर्ष अयोग्य ठहरिने दुतावासले बताएको छ। त्यस्तै फारम भर्दा मिति ननाघेका पासपोर्टको विवरण पनि उल्लेख गर्नु पर्नेछ।

सबै विवरणसहित फर्म भरेर सबमिट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको  पत्र प्रिन्ट गर्नुपर्छ।

डिभी का लागि छनोटमा परे/नपरेको थाहा पाउन कुनै फोन र इमेल नआउने भन्ने हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएको छ। रिजल्ट थहा पाउन २०२१ मे ८ मा  DV lottery.state.gov गएर आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा