काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुल आज उद्घाटन गरिएको छ । फलामे आकाशे पुलको मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर आज बिहान उदघाटन गरे ।
२०७६ माघ ९ गते सो पुलको शिलान्यास भएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर जिम्मेवारी पाएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।