असोज २४ गते विश्वभर मनाइने मानसिक स्वास्थ्य दिवसको अवसरमा जुगल नवगुरुकुलको प्राविधिक सहयोगमा बुढानिलकण्ठ नगरपालीका वडा नं.१० ले साताव्यापी अनलाइन मानसिक स्वास्थ्य सप्ताह कार्यक्रमको आयोजना गरिरहेको छ । गत असोज १८ गते बालमनोस्वास्थ्य विषयमा विशेष कार्यक्रम गर्दै प्रारम्भ भएको यस कार्यक्रमको दोश्रो श्रृंखला अन्तर्गत असोज २१ गते महिलाहरुको मानसिक स्वास्थ्यसम्बन्धी महत्वपूर्ण कार्यक्रम आयोजना गर्दैछ ।
खासगरी मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउँदै वडा नं.१० का अध्यक्ष तथा नगरपालीका प्रवक्ता नवराज भट्टराईले अहिले पनि मानिसहरुले मानसिक रोगीलाई उचित व्यवहार नगरेको, रोग लुकाउने गरिएको र यसले विस्तारै विकराल रुप लिँदै गएकोले यो तथ्यलाई बुझेर सबैले सबैको मानिसक स्वास्थ्यलाई सुदृढ राख्न हातेमाले गर्नुपर्ने बताउनु भयो । नगरपालीकाले निकट भविष्यमा मनोपरामर्शको सेवा पनि शुरुगर्ने बताउनुभयो ।
त्यस्तै यस कार्यक्रमलाई प्राविधिक रुपमा सहयोग गरिरहेको वडा नं.१० स्थित जुगल नवगुरुकुल (स्कुल तथा कलेज) का संस्थापक प्राचार्य विवेक विनयीले विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वडा कार्यलयको साथमा सबैको मानसिक स्वास्थ्य सुदृढ बनाउनको लागि प्रयास गरेको बताउनु भयो । अहिलेको स्वास्थ्य संकटको कारण पनि मानिसहरुको मानसिक अवस्थामा गम्भिर असर परेकोले विद्यालयले भविष्यमा पनि यस्ता कार्यक्रमहरु थप गर्ने पनि प्राचार्य विनयीले बताउँनु भयो ।
कार्यक्रमको पहिलो श्रृंखलमा साइकोसोसल काउन्सलर सुबास बडालले बालमनोस्वास्थ्य सम्बन्धी प्रस्तुती दिएका थिए । दोश्रो श्रृंखलामा सामाजिक परामर्शदाता, लेखक तथा योगध्यान प्रशिक्षक डा. नम्रता पाण्डेले महिलाहरुको सबल मानसिक स्वास्थ्य सम्बन्धी प्रस्तुती दिनुहने बताइएको छ । त्यस्तै कार्यक्रमको अन्तिम दिन असोज २४ गते शनिबार आध्यात्मिक आचार्य, ओशोधारा नेपालको अध्यक्ष महेन्द्र भट्टराईले “संवृद्ध एवम् आनन्दमय जीवनको लागि मानसिक स्वास्थ्य” विषय विशेष कार्यक्रम रहने जानकारी गराइएको छ ।
कार्यक्रम जुम मार्फत अनलाइन र वडा नं. १० को फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण पनि गरिने भएकोले सबैले कार्यक्रममा भाग लिन सकिने छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।