काठमाडौँ ।
कामनपा वडा नम्वर ७, मैजुबहाल, चाबहिलमा रहेको रिभेरा इन्टरनेसनल एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको अभिमुखिकरण कार्यक्रम (Orientation Program) सम्पन्न गरेको छ ।
विद्यार्थीहरुको उल्लेख्य सहभागिताका विच दुई दिने अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा कक्षा ११को नयाँ पाठ्यक्रमको प्रारूपबारे जानकारी गराउदै कलेजमा हुने नियमित शैक्षिक तथा अतिरिक्त कृयाकलापहरूको बारेमा जानकारी गराइएको थियो ।
जेनेरल काउन्सिलिङका साथै जीवन उपयोगी शिक्षा, २१औँ शताब्दीका शिपहरू, पठन पाठनमा अनुसन्धान पद्धति, ब्यबसायीक जीवन तथा ब्यक्तिगत जीवनको सफलताको बाटोको विषयमा केन्द्रित हुँदै अन्तर–सम्वाद मार्फत दुई दिने विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको प्रिन्सिपल प्रज्वल कोइरलाले बताए ।
विज्ञान, ब्यबस्थापन र कानुन विषयको पढाइ भइरहेको रिभेरामा सम्पुर्ण विद्यार्थीहरूलाई जुम एप मार्फत नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ओरिएन्टेसन गरिएको थियो ।
प्रमुख वक्ताको रुपमा प्रिन्सिपल प्रज्वल कोइराला, विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भट्टराई, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठ रहेको उक्त कार्यक्रम दैनिक दुई घण्टा सञ्चालन गरिएको थियो । अभिमुखिकरण कार्यक्रम सम्पन्न भएसंगै कक्षा ११ का तिन विषय (विज्ञान, ब्यबस्थापन र कानुन) मा अनलाइन मार्फत औपचारिक कक्षा सञ्चालन गर्न सुरु गरिएको प्रिन्सिपल कोइरालाले बताए ।