कोभिड–१९ को कारण विगतमा झै यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ ।
मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले मन्दिरमा भेला हुनसमेत बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका सचिव यशोदा कोइरालाले जानकारी दिइन ।
काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दू धार्मिक विधिअनुसार वडादशैँको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गरिँदै आएको थियो ।
समितिका अध्यक्ष भीम पौडेलले भने, “कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छौँ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।